देउवाले विस्तार गरे नेविसंघ, ७ सय १० जना मनोनीत

फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघ (नेविसंघ) तदर्थ समिति विस्तार भएको छ।

सभापति शेरबहादुर देउवाले सोमबार बेलुकी दुजाङ शेर्पा अध्यक्ष रहेको नेविसंघलाई विस्तार गरेका हुन्। देउवाले २०७८ चैत ९ गते नेविसंघ अध्यक्षमा दुजाङलाई मनोनीत गरेका थिए।

सभापति देउवाले ७७ जिल्लाबाट नै प्रतिनिधि हुने गरी ७ सय १० सदस्यीय नेविसंघ विस्तार गरेका छन्।देउवाले नेता शेखर कोइराला र महामन्त्री गगन थापा लगायतको समन्वयमा नेविसंघ विस्तार गरेका हुन्।

महाधिवेशन नहुँदा नेविसंघको तदर्थ समिति गठन गरिएको हो।पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले नेविसंघमा ७ सय १० जना सदस्य मनोनीत गरेको बताए।