सुनचाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँ घटेको हो।

आज छापावाल सुन तोलामा एक लाख १२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन तोलामा एक लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज तेजाबी सुन तोलामा एक लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदी पनि तोलामा २५ रुपैयाँ घटेको छ। चाँदी तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।