बाजुरामा काठे पुल भाँचिदा एक युवक बेपत्ता

सांकेतिक तस्वीर

काठमाडौं। बाजुरामा काठे पुल भाँचिदा एक जना युवक बेपत्ता भएका छन् ।

जिल्लाको बूढीनन्दा नगरपालिका–३ लौठारुख का २७ वर्षीय गंग लुहार घोडाकोट खोलामा रहेको काठे पुल भाँचिदा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

काठेपुलबाट भैंसी र पाडो तार्ने क्रममा अचानक भाँचिन गई भैंसी र पाडोसहित गंग पनि खोलामा खसेका प्रहरीको भनाइ छ।

भैसी जिउदै अवस्थामा किनारमा फेला परेको छ भने गंगको खोजतलास भइरहेको छ।