समीक्षा अधिकारीको अष्ट्रेलियाको भिसा रद्द, यस्तो रहेछ कारण

काठमाडौं । अष्ट्रेलियाले गायिका समीक्षा अधिकारीको भिसा रद्द गरिदिएको छ।

अष्ट्रेलिया सरकारको डिपार्टमेन्ट होम अफेयर्सको वेबसाइटमा भेभो चेक गर्दा समीक्षाको यसअघि लागेको एक वर्षको भिसा देखिएको छैन। यसको अर्थ उनको भिसा रद्द भएको पुष्टि हुन्छ।

होम अफेयर्सले केही दिनअघि समीक्षाको नाममा रहेको अष्ट्रेलियाको सब–क्लास ४०८ भनिने भिसा रद्द गरिदिएको हो। उनको भिसा रद्द किन भयो रु यसको कारण भने अलग छ।

गत वर्षको फागु पूर्णिमामा सिड्नीमा आयोजित एक कार्यक्रमका लागि समीक्षा त्यहाँ पुगेकी थिइन्।

त्यो बेलामा समीक्षाको उमेर १८ वर्ष नपुगेको कारणले उनले केयर–टेकरको रुपमा आफ्नी दिदीलाई समेत लगेर गएकी थिइन्।

त्यसपछि समीक्षा नेपाल फर्किए पनि दिदी चाहिं अष्ट्रेलियामै बसिन्।

यसको केही महिनापछि पुनः अष्ट्रेलियामा जान लाग्ने क्रममा अर्को एक केयर-टेकरको लागि भिसा अप्लाई गरेकी थिइन्।

यो बेलामा पनि समीक्षाको उमेर १८ वर्ष पुगेको थिएन। यो बेलामा केयर(टेकरको भिसा लागेन।

साथै, समीक्षाको भएको एक वर्षको भिसा पनि रद्द भएको देखिएको छ।

उनको भिसा के कारणले रद्द भएको खुलेको छैन तर रजिस्टर माइग्रेसन एजेन्टका अनुसार यस्ता भिसा रद्द हुनुका केही कारण छन्।

ब्रिसबेनस्थित रजिस्टर माइग्रेन एजेन्ट नारायण कोइरालाले मापदण्ड पूरा नगरेको बेला यस्ता भिसा रद्द भएको हुन सक्ने बताए।

यस्तो व्यक्तिले पुनः अप्लाई गर्दा तीन वर्षसम्म रोक लाग्न सक्ने उनको भनाइ छ।

तीज पर्वको छेकोमा अष्ट्रेलियामा आयोजना गर्न लागिएको १३ वटा इभेन्टका लागि समीक्षा अष्ट्रेलिया जाने तयारीमा थिइन्।

समीक्षाको भिसा अहिले पनि पेन्डिङमा रहेको र होम अफेयर्सले थप कागजात मागेको भन्ने बुझिएको छ।