एकीकृत समाजवादीले बनायो एमसीसी अनुगमन समिति

काठमाडौं। नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयनको अनुगमन गर्न ५ सदस्यीय अनुगमन समिति बनाएको छ।

ब्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाएको वा नबनाएको अनुगमन गर्ने र संसदीय अनुगमनका लागि दबाब दिने उद्देश्यले अनुगमन समिति बनाएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

सोमबार बसेको पार्टीको सचिवालय बैठकले गठन गरेको उपाध्यक्ष राजेन्द्र पाण्डे नेतृत्वको समितिको सदस्यमा उपमहासचिव गंगालाल तुलाधर, जगन्नाथ खतिवडा र गरिमा शाह रहेका छन्। अर्का एक सदस्य भने विषयविज्ञ रहने खतिवडाले बताए।

एकीकृत समाजवादीले संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणको एजेण्डाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने निर्णय पनि गरेको छ।