बाजुरामा घरभित्र एक महिला मृत फेला

सांकेतिक तस्वीर

काठमाडौं। बाजुरामा घरभित्र एक जना महिला मृत फेला परेकी छन्। जिल्लाको बुढीनन्दा नगरपालिका–१० पाण्डुसैनकी जयपुरा शाही आफ्नै घरमा मृत फेला परेकी हुन्।

बुधबारदेखि घर बाहिर नदेखिएकी उनी बिहीबार पनि नदेखिएपछि उनको खोजी भएको थियो। घरमा जाँदा मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार उनी झुण्डिएको अवस्थामा फेला परेकी छन्।

स्थानीयले उनको घरमा लुटपाट गरी हत्या गरेको दाबी गरेका छन्। उनी लामो समयदेखि माइती घरमा एक्लै बस्दै आएकी थिइन्।

शाहीको मुगु नखर्चीमा विवाह भएको थियो। श्रीमानले दोस्रो विवाह गरेपछि उनी डेढ दशकदेखि माइतीमा बस्दै आएकी थिइन्। आफन्तले शाहीको हत्या भएको भन्दै प्रहरीलाई किटानी जाहेरी समेत दिएका छन्।