नेप्सेमा २८ अंक बढीले गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २८.९२ अंकले घटेर एक हजार ९ सय ३२ दशमलब ४५ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज एक अर्ब १५ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज कारोबार भएका २१ कम्पनीको शेयरमूल्य बढेको छ भने २०३ कम्पनीकोे शेयरमूल्य घटेको छ। ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ। शुभम् पावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६९१ रुपैयाँ पुगेको छ। साथै आज थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ७.४६ प्रतिशतले बढेर प्रतिकित्ता ३१७ रुपैयाँ पुगेको छ।

आज बाराही हाइड्रोपावर, सिटिजन्स म्युचुअल फण्ड २ र अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन्।

यसको शेयरमूल्य आज ९ प्रतिशतले घटेको छ। नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी लिबर्टी इनर्जी कम्पनीको भएको छ। यस कम्पनीको आज ६ करोड १५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ।