घट्यो सुनचाँदीको मूल्य

काठमाडौं। आज बजारमा सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ११ हजार २५० सय रुपैयाँमा कारोबार भएको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।