सल्यानमा ३ दिनदेखि बेपत्ता महिला आफ्नै घरको भकारी भित्र मृत फेला

सांकेतिक तस्वीर

काठमाडौं । सल्यानमा तीन दिनदेखि बेपत्ता महिला आफ्नै घरमा मृत फेला परेकी छन्।

सिद्धकुमाख गाउँपालिका–४ खार्पनकी ४९ वर्षीया गणेशी रोका बिहीबार आफ्नै घरभित्र खाद्यान्न भण्डार गर्ने भकारीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

असोज १५ गते बेलुकादेखि घरबाट हराएकी रोका तीनदिनसम्म पनि फेला परेकी थिइनन्। त्यसपछि गाउँले र आफन्तले उनको खोजी गरेका थिए।

बिहीबार भने घरभित्रबाट शवको गन्ध आएपछि खोज्न जादा खाद्यन्य राख्ने भकारीभित्र उनको शव फेला परेको प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक तथा प्रवक्ता गोपाल श्रेष्ठले बताए।

मृतक रोका महिलासहित उनका छोरा, छोरी र बुहारीसँग बस्दै आएक थिए।

घटना शंकास्पद रहेको र अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

शवलाई जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टम लगिएको छ।