प्रधानमन्त्रीलाई शेखर कोइरालाको आग्रह-सच्चिन सक्नुहुन्न भने बाटो खाली गरिदिनुस्

फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सच्चिन नसके कांग्रेसका लागि बाटो खाली गरिदिनुपर्ने बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले सडकमा जनता उतार्ने, जातीय राज्य बनाउने लगायतका अराजक अभिव्यक्ति दिँदै हिँडेको बताउँदै नेता कोइरालाले यस्तो अभिव्यक्ति अत्यन्त गैरजिम्मेवार र अराजक हुने बताए।

‘उहाँ देशको, तपाई हाम्रो प्रधानमन्त्री हो की एउटा पार्टीको सभापति होरु पार्टीको सभापति हो भने उहाँले जे बोलेपनि हुन्छ। तर देशको प्रधानमन्त्रीले त्यस्तो गैर जिम्मेवार कुरा गर्न मिल्दैन,नेता कोइरालाले बताए।

कोशी प्रदेश नामाकरणका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले अराजक अभिव्यक्ति दिएको पनि नेता कोइरालाले बताए।

‘उहाँ २०८४ मा मलाई भोट देउ, माओवादीलाई जिताउ म जातीय राज्य दिन्छु भन्नुहुन्छ,’ कोइरालाले भने, ‘उहाँले खल्तीबाट राज्य निकालेर दिने होरु’

उनले नेपाल बहुजातिय, बहुभाषिक देश भएकाले जातीय राज्य दिन नसकिने बताउँदै प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति सच्याउन आग्रह गरे।

त्यस्तो गैर जिम्मेवार, अभिव्यक्ति प्रधानमन्त्रीबाट आउनु, नेपालीहरुको लागि दुर्भाग्य हो। हाम्रो लागि दुर्भाग्य हो। कुनैपनि तरिकामा देश ठिक ढंगले अघि बढेको छैन,’ कोइरालाले भने, ‘त्यसैले यो सरकार सच्चिनुपर्छ। सच्चिन सक्दैन भने छोड्नुपर्छ। अर्को विकल्प छैन।’

नेता कोइरालाले मुलुकमा व्याप्त अराजकताको अन्त्य कांग्रेसले मात्रै गर्न सक्ने बताए।

 राजनीतिको अराजकता भन्नुस्, आर्थिक अराजकता भन्नुस्, सामाजिक, धार्मिक अब हुँदाहुँदा कुटनीतिक अराजकता पनि देशमा आइसक्यो। सम्हाल्ने कसलेरु,’ उनले भने, ‘नेपाली काँग्रेस बाहेक नेपालमा कुनैपनि लोकतान्त्रिक पार्टी छैन, जसले सम्हाल्न सक्छ। न्युज एजेन्सी नेपालबाट