कांग्रेस संसदीय दलको बैठक बस्दै

फाइल तस्वीर

काठमाडौं । सत्ताको प्रमुख घटक नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा आज मध्यान्ह १२ बजे संसदीय दलको बैठक बस्ने कांग्रेसले जनाएको छ।

बैठकमा मुलुकको समसामयिक अवस्था र शनिबारदेखि इजरायल हमास द्धन्द्धबारे छलफल हुने प्रमुख सचेतक रमेश लेखकले बताए। संसदीय दलको बैठकअघि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीसँग छलफल गर्दै छन्।

आज देउवा निवास धुम्बाराहीमा पदाधिकारीको बैठक बस्दै छ। बैठकमा इजरायल आक्रमणमा नेपालीको अवस्था र एनआरएनएको चुनावबारे छलफल हुने जनाइएको छ।