सुदूरपश्चिम विश्वविद्यालयमा आज शोक बिदा

काठमाडौं। सुदूरपश्चिम विश्वविद्यालयले आज शोक बिदा दिएको छ।

इजरायल-प्याल्स्टाइन युद्धको चपेटामा परी विद्यार्थीको निधन भएकोले विश्ववियालयले आज शोक बिदा दिएको हो।

प्यालेस्टाइनको हमास समूहको आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयबाटा इजरायल गएका १० जना विद्यार्थीको निधन भएको छ।

एग्रिकल्चर अध्ययन गर्ने विद्यार्थीहरू दक्षिण इजरायलको किवुज अलमुम भन्ने ठाउँमा कार्यरत थिए।

यही असोज २० गते प्यालेस्टाइनको हमास लडाकु समूहले उक्त स्थानमा आक्रमण गर्दा उनीहरुको निधन भएको हो।

केही विद्यार्थी घाइते भएका छन्। उनीहरूको उद्धार गरी नेपाल ल्याउने पहल सुरु भएको छ।