एसीसी यू–१९ विजेता नेपाली क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीको बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी यु–१९ प्रिमियर कपका विजेता खेलाडीलाई बधाई दिएका छन।

खेलाडीको उत्कृष्ट प्रदर्शनप्रति धन्यवाद दिँदै उनले नेपाली क्रिकेट टोलीले गर्विलो उपाधि जित्न सकेको सामाजिक सञ्जालमा उल्लेख गरे।

मलेसियाको क्वालालाम्पुरमा भएको एसीसी प्रिमियर कपको अन्तिम प्रतिस्पर्धामा नेपाली खेलाडीले युएईलाई पराजित गर्दै उपाधि हात पार्न सफल भएका थिए।