प्रधानमन्त्री प्रचण्ड प्रभावितहरुको अवस्था बुझ्न जाजरकोटमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितहरुको अवस्था बुझ्न जाजरकोट पुगेका छन्। उनी आज बिहान नेपाली सेनाको मेडिकल टिमसहित हेलिकोप्टरबाट जाजरकोट पुगेका हुन्।

उनलाई प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जिल्लाको अवस्थाबारे व्रिफिङ गरेका छन्। त्यसपछि प्रधानमन्त्री प्रचण्ड स्थलगत अनुगमनमा निस्किएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आज राति ११ बजेर ४७ मिनेट जाादा जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको थियो। भूकम्पमा परी जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ। यसैगरी रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ।