जाजरकोट भूकम्पबाट मृत्यु हुनेको संख्या १२९ पुग्यो

सुर्खेत। जाजरकोट केन्द्रबिन्दु भए गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२९ पुगेको पुष्टी भएको छ।

जाजरकोटका ९२ र रुकुमपश्चिका ३७ जना रहेका छन्। प्रहरीका अनुसार जाजरकोटमा ५५ र रूकुम पश्चिममा ८५ जना घाइते भएका छन्।

अहिलेसम्म भूकम्प परि १४० जना घाइतेलाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल लगिएको लगिएको छ। जाजरकोट केन्द्रबिन्दु भए गएराति ११ः४७ बजे ६.४ रेक्टरको भूकम्प गएको थियो।