भूकम्प प्रभावित नेपाललाई हरसंभव सहयोग गर्न तयार छौंः भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको भूकम्प कारण भएको जनधनको क्षतिमा दु:ख व्यक्त गरेका छन्।

शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत उनले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुस्ख लागेको बताएका हुन्।

‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुस्ख लागेको छ। भारत सरकार नेपाली जनतासँग ऐक्यबद्ध छ र हरसम्भव सहयोग गर्न तयार छ,उनले लेखेका छन्।

यस्तै भूकम्पमा परी ज्यान गुमाएका मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन्।

 शुक्रबार मध्यराति ११:४६ बजे जाजरकोट रामी डाडा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टरको भूकम्प गएको थियो। भूकम्पले जाजरकोट र रूकुम पश्चिममा ठूलो क्षति पुगेको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको सूचनाअनुसार शनिबार बिहान सवा ८ बजेसम्म १२९ जनाले ज्यान गुमाएका छन्। यस्तै १४० जना घाइते समेत भएका छन्।

जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु ५५ जना घाइते छन्। रूकुम पश्चिममा ३७ जनाको मृत्यु र ८५ जना घाइते छन्।
उद्धारको लागि तीन वटै सुरक्षा निकायको टोली घटनास्थलमा पुगेका छन्।

Deeply saddened by loss of lives and damage due to the earthquake in Nepal. India stands in solidarity with the people of Nepal and is ready to extend all possible assistance. Our thoughts are with the bereaved families and we wish the injured a quick recovery. @cmprachanda

— Narendra Modi (@narendramodi) November 4, 2023