यो बेला भीआइपी घुम्ने होइन, राहत र उद्धारमा ध्यान दिने हो: गगन थापा

फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विपद्को समय राहत र उद्धारमा खटिनुपर्ने बताएका छन्। पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले भीआइपीको भ्रमण बढी हुन सक्ने भन्दै त्यहीँ पुग्ने होडबाजी छोडेर राहत र उद्धारमा सघाउन आग्रह गरे।

‘यतिखेर सबैको ध्यान राहत र उद्धारमा हुनुपर्छ। त्यहाँका मासिनहरु हामफालेर बाँच्यौँ भनेका छन्। अस्पताल भरिएको छ। भयावह अवस्था छ। कसरी चाँडो भन्दा चाँडो राहत प्राप्त गर्न सकिन्छ भनेर कुरेका छन्,उनले भने,प्रधानमन्त्री जानुभएको छ। उहाँ जानु ठिक हो।

त्यो सँगै सबै कुरा परिचालित पनि होस्। तर राहतको बेलाको हाम्रो नमिठो अनुभव पनि छ। अब मन्त्रीहरू जाने र मान्छे मात्रै पुग्ने ध्यान भयो भने सुरक्षा संयन्त्र भीआइपीको भिजिट म्यानेजमेन्टमा व्यस्त हुन्छन्। प्रधानमन्त्री जानु भनेको सिङ्गो देशको प्रतिनिधि जानु हो । अब त्यहाँ कामहरू हुनुपर्‍यो।

 उनले प्रदेश सरकारले औचित्य पुष्टि गर्ने समय आएकोले सोही अनुसार आफूलाई प्रस्तुत गर्न आग्रह गरे । ‘कोभिडको बेलामा प्रदेशले औचित्य पुष्टि गर्ने समय गुमाएको छ।

जिम्मेवारी र अवसर थियो नि। कर्णाली काठमाडौँबाट टाढा भयो भनेर सङ्घीयता मागेको होइन रु सङ्घीयताको अपेक्षामा कर्णाली धेरै लागेको हो।

अव प्रदेश सरकारले भूमिका देखाउनुपर्छ,उनले अघि भने,पश्चिम नेपालमा लामो समय भूकम्प नगएका कारण कुनै समय ठुलो क्षति पु¥याउन सक्छ भनेर चेतावनी दिइएको छ।

आजको भुकम्पले सङ्केत गरेको छ, त्यहाँको घरहरुको अवस्था। अब प्रदेश र स्थानीय सरकारले जोखिमपूर्ण बस्तीहरूको पुनः निर्माण गर्नुपर्ने सङ्केत हो। यो सङ्केतलाई बुझ्नुपर्छ। सङ्केतलाई बुझेनौँ र सामान्य रूपमा लियौँ भने भविष्यको क्षति ठुलो हुन सक्छ।

अहिलेको क्षति न्यूनीकरण गर्न पार्टीका सबै संयन्त्रलाई परिचालित हुन उनको अपिल छ। पार्टीका तमाम साथीहरूलाई राहत र उद्धारमा खटिन अपिल गर्छु। स्थानीय सरकार र अरू सरकारलाई मद्दत गर्नुस्,थापाले भने। महामन्त्री थापा अन्नपूर्ण सर्किट अन्तर्गत घोरेपानी घान्द्रुक ट्रेकिङ गरेर फर्किएका हुन्।