काठमाडौं महानगर भित्रका ७१ वटा विद्यालयमा पुसबाट नयाँ प्रधानाध्यापक

सांकेतिक तस्बिर

काठमाडौं । राजधानीका ७१ वटा विद्यालयमा पुस पहिलो साताबाट नयाँ प्रधानाध्यापकले काम थाल्ने भएका छन्।

कामपा शिक्षा विभागले सार्वजनिक सूचना जारी गरी प्रअ र स्रोत शिक्षक नियुक्तिका लागि दरखास्त आहृवान गरेको छ। जसमा १ प्रधानाध्यापक र ११ जना स्रोत शिक्षक माग गरिएको छ।

कामपा शिक्षा विभागका अधिकारीसीताराम कोइरालाले मसिर १ गतेबाट प्रक्रिया शुरू गरी पुस पहिलो साताभित्र विद्यालयमा नया प्रअ र स्रोत शिक्षकले काम थाल्ने जानकारी दिए।

कमपाको शिक्षा ऐन २०७५ (संशोधनसहित) को दपत्र २९ (क) बमोजिम विद्यालयमा पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्नका लागि दरखास्त आह्वान गरेको शिक्षा अधिकारी कोइरालाले जानकारी दिए।

विभागले दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुत्तिसम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आह्वान गरेको हो। प्रधानाध्यापकका लागि कम्तीमा सम्बन्धित तहमा पाँच वर्ष स्थायी सेवा अवधि भएको हुनुपर्ने प्रावधान राखिएको छ।