युट्युबर मनोज महतो पक्राउ,फेक भिडियो सेयर गर्ने दुई दर्जनलाई प्रहरीले खोजी गर्दै

काठमाडौं। गलत र भ्रामक प्रचार गरी जनतामाझ झुटो प्रचार गर्ने युट्युवर्स मनोजकुमार महतो (मनोज मानव)लाई साईवर व्युराले पक्राउ गरेसँगै अन्य दुई दर्जनलाई प्रहरीले अनुसन्धानको घेरामा राख्ने भएको छ।

गरी व्यक्तिगत जीवनलाई गलत तथा भ्रामक प्रचार गरी सामाजिक प्रतिष्ठालाई धुलमुलाउने गलत मनसायका साथ पत्रकारका आवरणमा मनोजले एमाले नेता महेश बस्नेतलाई व्ल्याकमेलिङ तथा एक महिलासँग जोड़ी चरित्रमा आँच आउने गरी साईवर अपराधपूर्ण कार्य गरेको भन्दै व्युरोले हिजो साँझ पक्राउ गरेको थियो।

यो सँगै उनले नेता बस्नेत र एक महिलासँग इडिट गरी बनाएको भिडियो विभिन्न सामाजिक सञ्जालमा पोष्ट, सेयर, लाईक तथा कमेन्ट गर्ने दुई दर्जनलाई प्रहरीले अनुसन्धान गर्ने भएको छ।

अरुण लावती, विजय भि जय, मनोज विनायक, भौतीकवादी मानव, गंगा कार्की, मिलन अवाई, दिनेश न्यौपाने, काजीराज सिं भण्डारी, रमेश आचार्य, वीर विष्ट, सुरेस प्रजापतीलगायतका दुई दर्जन व्यक्तिहरुको विरुद्धमा उजुरी दर्ता गरिएको छ।

नेता बस्नेतको स्वकीय सचिव दिनेश थापाले आज करिव दुई दर्जन जनाको विरुद्धमा व्युरोमा उजुरी दिनुभएको छ। उजुरी दर्ता भएसँगै सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुमाथि प्रहरीले कारवाही प्रकृया अगाडी बढाउने भएको छ।

मनोजले इडिट गरी बनाएको भिडियो सेयर, कमेन्ट तथा गाली गलैज गर्नेहरुको विरुद्धमा व्युरोमा उजुरी दिइएको छ। उजुरी दर्तासँगै प्रहरीले अनुसन्धान सुरु गरेको छ।

जसको लागि आइडिको लिङ्क, स्कृनसटलगायतका आवश्यक प्रमाणहरु समेत समावेश गरिएको नेता बस्नेतको स्वकीय सचिव थापाले जानकारी दिनुभयो।

उजुरुमिा मनिएको छ, ‘महेश बस्नेतको बारेमा चरित्र हत्या गर्ने मनसायले विभिन्न व्यक्तिहरु तथा आइडीहरुबाट अस्लिल किसिमको भिडियो पोष्ट भएकोमा सार्वजनिक नैतिक शिष्टाचाररिवरुद्ध हुने खालका कमेन्ट, सेयर गरी निम्न उल्लेखित लिङ्क भएका आइडीबाट विद्युतीय कारोवार ऐन २०६३ को दफा ४७ बमोजिमको कसुर गरेकाले हदैसम्मको कारवाही गरी पाउँ।उक्त निवेदन दर्ता भएसँगै उक्त व्यक्तिहरुलाई प्रहरीले खोजी कार्य सुरु गरेको छ।