सुनको मूल्य आज पनि घट्यो,कतिमा हुँदैछ कारोबार?

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ। सुनको मूल्य आज तोलामा थप पाँच सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

सुन हिजो अघिल्लो दिनको तुलनामा एक हजार रुपैयाँले घटेर एक लाख १३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदी पनि तोलामा २० रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।