बद्लिएको तिहारः देउसी–भैलोमा मुख फोरेर पैसा माग्ने प्रवृत्तिमा परिवर्तन

देंउसी–भैलो तिहारको रौनक हो । नेपालीहरुको दोस्रो ठूलो महान् चाड तिहारमा लक्ष्मीपूजा गरेपछि देउसी–भैलो खेल्न शुरु गरिन्छ। बालबच्चादेखि लिएर बुढापाकासम्मले देउसी–भैलो खेल्ने गर्दछन् । देउसी–भैलो खेलेर परम्परालाई निरन्तरता दिइरहनु राम्रो विषय हो। विश्वव्यापी महामारी कोरोनाले गर्दा बीचमा देउसी–भैलो खेल्ने क्रम सुस्ताएको थियो । यो वर्ष देउसी–भैलो खेल्नेहरु विगतभन्दा धेरै नै देखिन्छ।

देउसी–भैलो खेल्नु नेपालीको संस्कृतिभित्र पर्दछ। तर, पछिल्लो केही वर्षयता देउसी–भैलो खेल्ने नाममा विकृति मौलाएको छ। पैसाका लागि देउसी–भैलो खेल्ने गरिएको छ। देउसी–भैलोमा आफ्नो गच्छअनुसारको दान दिने हो । यसलाई ‘कात्तिकको दान’ पनि भनिन्छ। य

द्यपि, देउसी–भैलो खेल्न आउनेहरुले मुख फोरैर पैसा माग्ने गरेका छन् । जसका कारण कतिपय स्थानीय तहले देउसी–भैलो खेल्न आउने टोलीलाई दिने रकमसमेत तोकिदिएको छ।

यो वर्ष भने विगतका वर्षभन्दा परिस्थिति केही फेरिएको पाइएको छ। देउसी–भैलो खेल्न आउनेहरु दिएको पैसा लिएर चुपचाप गएका छन्। पाँच रुपैयाँ होस् या दश रुपैयाँ उनीहरुले समात्छन्।

पहिलेजस्तो यति रुपैयाँ चाहिन्छ भनेर माग गरेको पाइँदैन्। यो राम्रो कुरा हो। दान आफ्नो इच्छाअनुसार गरिन्छ। घण्टौं जबरजस्ती गरेर भट्टाइरहने प्रवृत्तिमा परिवर्तन आएको छ।

यसलाई सकारात्मक रुपमा लिनुपर्छ। चाडबाड पैसाका लागि मनाउने होइन्। आफ्नो संस्कृतिको जगेर्ना सँगसँगै मनोरञ्जनका लागि चाडबाड मनाउनुपर्छ।

पैसाको मुख हेर्न थाल्यो भने हाम्रो संस्कृतिको अस्तित्व नै धर्मराउँछ। चाडबाड रमाइलोको अर्को नाम हो। बुढापाकाले भन्थें,‘पैसाको धेरै महत्व हुन्छ। पैसाको अस्तित्व चिन्न मान्छेले मात्र प्रगति गर्छ।

सानो पैसा पनि त्यतिबेला ठूलो हुन्थ्यो।तर, पछिल्लो समय नेपालीहरुले ५, १०, २० रुपैयाँ पैसा होइन् भन्ने गर्दथें। पाँच रुपैयाँ पनि पैसा हो र जस्तो गर्दथें।

यता, घरघरमा सहयोग माग्न आउनेहरुले समेत ५० रुपैयाँभन्दा कम पैसा लिन मान्दैनथें। २० रुपैयाँ झिकेर दियो भने यति थोरै पैसा पनि लिन्छ भनेर छोडेर हिड्थें। हिजो दिँउसो भीमसेनगोलामा देउसी–भैलो खेल्न आएकालाई लुगा पसलेले १० रुपैयाँ दिए, जुत्ता पसलेले पाँच रुपैयाँ।

त्यही पनि उनीहरु हात थापेर हिँडे। नेपालीले अहिले आएर पैसाको महत्व बुझेछन्। पैसाको महत्व सबैले बुझ्नुपर्छ। माग्न आउने र देउसी–भैलो खेल्न आउनेलाई हरेक व्यक्तिले आफ्नो इच्छाअनुसार पैसा दिने हो।

दिएपनि आफ्नै मर्जी, नदिएपनि आफ्नै। दिनैपर्छ भन्ने जबरजस्ती छैन् । यता, कानुनले यति पैसा दिनुपर्छ भनेर तोकेको पनि छैन्। पैसा कुनै व्यक्तिले निकाल्ने होइन्।

सरकारले धेरै खर्च गरेर पैसा छापेको हुन्छ। त्यसैले पाँच पैसालाई पनि हेला गर्नुहुँदैन्। पैसा भनेको आखिर पैसा नै हो। कहिलेकाँही एक रुपैयाँ नपुग्दा सामान छोडेर हिँड्नुपर्छ।

नेपालीहरुलाई पैसाको मतलब नै छैन्। पैसामाथि धुप बालिदिन्छन्। पानीमा भिजाइदिन्छन्। अबिर दलिदिन्छन् । यसले गर्दा राज्यलाई धेरै क्षति पुगेको छ। झन् चाडबाडमा त कति पैसा बिग्रिन्छ ?

बालबालिकाले रमाइलोको लागि देउसी–भैलो खेल्छन्। आर्थिक कमजोर भएकाले तिहार मनाउन। अझ यो वर्ष त धेरै उदाहरणीय क्रियाकलापहरु भएका छन्। दृष्टिविहिनहरुले भवन बनाउनका लागि देउसी–भैलो खेलेको खबरहरु बाहिरिएको छ।

त्यसैले देउसी–भैलो खेल्नु राम्रो कुरा हो। सामाजिक कार्यका लागि देउसी–भैलो खेलेका छन्। पहिलेपहिले पैसाभन्दा पनि घरमा भएका सामान दिने चलन थियो।

नाङ्लामा धान, सेलरोटी, फलफूल, चामललगायतका सामान हालेर देउसी–भैलो खेल्नेलाई दिने गरिन्थ्यों। देउसी–भैलो खेल्न आउनेहरुले पनि राम्रो भट्टयाउथें।

अब अहिले त प्रायको घरमा धान नै हुँदैन्। यता, देउसी–भैलो खेल्नेहरुले सामान लैजान पनि मान्दैनन्। पैसा नै खोज्छन्। देउसी–भैलो खेल्नेले भट्टाइसकेपछि आशिष दिन्छन्। तर, अहिले त भट्टयाउन पनि जान्दैनन्।

डिजे बजाउँछन्, नाच्छन्। भट्टयाउने त कसै–कसैले मात्र हो। हिन्दी गीत बजाउने प्रवृत्ति मौलाएको छ। पूराना संस्कृति हराएको छ। विस्थापना भएको छ। अब विस्तारै नाङ्लो त हराउँदै जान्छजस्तो देखिन थालेको छ।

देउसी–भैलो खेल्नेले व्यवस्थित तरिकाले नदिने र दक्षिणा दिनेले पनि व्यवस्थित तरिकाले नदिने हो भने हाम्रो संस्कृति नै संकटमा पर्दछ। देउसी–भैलोको अर्थ पैसा कमाउनु मात्र हो।

पैसा दिनु संस्कृतिको जगेर्ना गर्नु होइन्। सरकारले चाड मनाऔं भनेको छ। चाडको संरक्षण कसरी गर्ने ? संस्कृति कसरी जोगाइराख्ने ? यो सर्वसाधारणको कुरा हो। नेपालमा हिन्दू धर्मावलम्बीहरु बढी छन्।

नेपालीहरुले हरेक चाड धुमधामका साथ मनाउँछन्। चाहे त्यो स्वदेशमा बस्नेले होस् या विदेशमा। तर, पछिल्लो समय चाडबाड व्यापार गर्ने माध्यम बनेको छ।

कतिपयले चाडबाडको नाममा व्यापार गरेका छन्, कतिपयले राजनीति। गच्छअनुसार सबैले चाडबाड मानिरहेका छन्। चाडबाड आएपछि नेपालीहरु हर्षित हुन्छन्।

चाडबाडमा आफन्तसँग भेटघाट गर्न पाइन्छ। मिठोमसिनो खान, रमाइलो गर्न पाउने भएकाले बच्चादेखि बुढासम्म खुसी नै हुन्छन्। मठमन्दिरमा दर्शन गर्न जानेको भीड हुन्छ । तर, हाम्रो समाजमा दुई खाले व्यक्ति छन्।

एउटा हुँदा खाने अर्को हुने खाने। मठमन्दिरमा कोही दर्शन गर्न जान्छन्, कोही त्यही मागेर गुजारा गरिरहेका हुन्छन्। तिहारमा हामीले गाई, गोरु, काग, कुकुरलाई खान दिन्छौं, पूजा गर्छौं। तर, तिहारमै हामीलाई तिनको आवश्यकता पर्दछ।

कुकुरलाई हामी अरु बेला खानसमेत दिँदैनौं। हिर्काउँछौं, कुट्छौं। गाई राख्छौं, गोरु लगेर सडकमा छोडिदिन्छौं। असार १५ मा हामी दही चिउरा खान्छौं, साउन १५ मा खीर।

जनैपूर्णिमा क्वाटी, तीजमा दर। दशैंमा मासु र तिहारमा सेलरोटी। अहिले त यो चलन पनि हराएको छ। मासु त अरु बेला पनि खाइन्छ। तर, कतिपयको घरमा ताई पनि छैन्।

सेलरोटी पकाउन छोडिएको छ। सेलरोटी खानका लागि बजार धाउनुपर्ने अवस्था आएको छ। घरघरमा रोटी पकाउने चलन पनि विस्थापना भयो। पूरा कुरालाई बिसिँदै जाने र नयाँ कुरा मात्र अँगाल्ने हो भने नयाँ पुस्ताले के सिक्छन् ?

केही वर्षमा सेलरोटी भनेको के हो ? भनेर सोध्न बेर छैन्। चाडबाड के हो ? किन मनाउने ? यो पुस्तकमा समेट्नुपर्छ। हाम्रो रितिरिवाज के हो ? यसलाई कसरी संरक्षण गर्ने ? सरकारले जनचेतना फैलाउनुपर्छ।

घरबाटै संस्कृतिको जगेर्नाका लागि पहल गरिनुपर्छ। यसका लागि अभिभावक पनि जिम्मेवार हुनुपर्छ। चाडबाडलाई पैसासँग दाँज्न छोडौं। पहिले प्रत्येक घरमा आँगन हुन्थ्यो। देउसी–भैलो खेल्न आउनेहरु आँगनमा नाचगान गर्दथें।

अहिले त सबै घरमा गेट छन्। कहाँ नाँच्नु ? गेट बाहिरै बसेर भट्टयाउँछन्। दिए लिन्छन्, नदिए हिँड्छन्। बस्ती बढ्यो तर दिने कोही छैनन्। जसले गर्दा देउसी–भैलो संकटमा पर्यो।

चाड सबैको हो। सबैले मिलीजुली चाडबाड मनाऔं। सरकारले सार्वजनिक बिदा दिएको छ। चाडबाडको संरक्षण गर्नु सबैको दायित्व हो। चाडबाड राम्रोसँग मनाउनुपर्छ। शान्तिपूर्ण रुपमा चाडबाड मनाऔं।