नक्कली नोटसहित २ जना पक्राउ

वीरगञ्ज। नक्कली नोटसहित पर्साको वीरगञ्जमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ३१ का ऋषिलाल पटेल र बाराको कलैया उपमहागरपालिका ३ का उमेश कुमार छन्।

वीरगञ्जको सिटी मार्केटमा कपडा खरिद गरेर नक्कली नोटहरू दिएको सूचना पाएपछि खटिएको प्रहरी टोलीलेउनीहरुलाई पक्रेको जिल्ला प्रहरी कार्यालय पर्सका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए।

उनीहरुको साथबाट १ हजार दरका ३८ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ। उनीहरुलाई खोटा चलन सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको थापाले विज्ञप्ति निकालेर जानकारी दिएका छन्।