भरतपुरमा विश्व सम्झना दिवसको कार्यक्रम सम्पन्न

चितवन। सुरक्षित तथा दिगो यात्रा नेपालको आयोजनामा विश्व सम्झना दिवसको उपलक्ष्यमा भरतपुर अस्पतालको गेटमा दिप प्रज्वलनसहित एक कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी निरीक्षक सुरेश सुवेदी,अतिथिहरु भरतपुर अस्पतालका अर्थोपेडिक चिकित्सक डाक्टर रमेश स्याङ्तान, पुरानो मेडिकल कलेजका हेमोडायलेसिस विभाग नर्सिङ प्रमुख सबिता धिताल,हाम्रो अनलाईनका प्रेम कडेल, शिक्षप्रेमी शिशिर तिमिल्सिना रहेका थिए।

सुरक्षित तथा दिगो यात्रा नेपालको केन्द्रीय प्रतिनिधि निरज बोहोरा सभापतित्व रहेको कार्यक्रमकाे सञ्चालन प्रहरी वरिष्ठ नायव निरीक्षक विष्णु थापाले गरेका थिए।

अव्यवस्थित सडक, ट्राफिक व्यवस्थापनको अभाव र ट्राफिक नियम उल्लघंनका कारण गत वर्षमा नेपालभर दुई हजार तिन सय छयत्तर जनाले ज्यान गुमाएका, पाँच हजार सात सयभन्दा बढी गम्भीर घाइते र पच्चीस हजारभन्दा बढी सामान्य घाइते भएका थिए।

नेपालमा सडक दुर्घटनाबाट प्रत्येक दिन सात जनाभन्दा बढीको मृत्यु र पच्चीसभन्दा बढी गम्भीर घाइते हुने तथ्याङ्कमा उल्लेख छ। विश्व सम्झना दिवस ति विश्वका लाखौं लाख सवारी दुर्घटनामा मृत्यु हुने, गम्भीर घाइते र परिवार समाजको सम्झनामा मनाइने गरिन्छ।

सवारी दुर्घटनामा मृत्यु हुनेमा आधा भन्दा बढी १५ देखि २९ वर्षका सवारी प्रयोगकर्ता रहेकोले तिनलाई सडकको कमजोर प्रयोगकर्ता पनि भनिन्छ।