बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं। पश्चिम नेपालको बझाङ जिल्ला केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ।

सोमबार बिहान ११ बजेर ३७ मिनेट जाँदा धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो।

आइतबार पनि रुकुमको हुकम केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।