नेपाल प्रहरीका १५ जना एसएसपीको सरुवा (सूचीसहित)

काठमाडौं। गृह मन्त्रालयले १५ जना एसएसपीहरुको सरुवा गरेको छ। बिहीबार उप–प्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी वरिष्ठ उपरीक्षकहरुको सरुवा तथा काज गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

गोपाल चन्द्र भट्टराईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरिएको छ। दिपक रेग्मीलाई नेपाल प्रहरी प्रदेश कार्यालय कास्की, दिलिप सिंह देउवालाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, दिल्लीराज विष्टलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र ध्रुवराज राउतलाई प्रहरी प्रधान कार्यालयस्थित ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ।

विनोद घिमिरेलाई उपत्यका प्रहरी कार्यालयमा र सञ्जीव शर्मा दासलाई प्रदेश प्रहरी कार्यालय सुर्खेतमा पठाइएको छ। सुदर्शन प्रसाद कोइरालालाई प्रदेश समन्वय निर्देशनालय,सुरेन्द्र बहादुर गुरुङलाई नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्ज र हिमालय श्रेष्ठलाई बुटवल तालिम केन्द्रमा सरुवा गरिएको छ।

यसअघि काज गरिएको काठमाडौँ र उपत्यका प्रहरी कार्यालयका एसएसपीहरुको दरबन्दी कायम गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।