फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

काठमाडौं। बाँके प्रहरीले डाँका चोरी मुद्दामा झन्डै ६ वर्ष कैद तोकिएका व्यक्तिलाई २९ वर्ष पछि पक्राउ गरेको छ।

जिल्लाको साबिक फत्तेपुर गाउँ विकास समिति-३ का ६० वर्षीय सुखलाल बढईलाल बिहीबार पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए।

जिल्ला अदालत बाँकेले २०५१ साल चैत ८ गते बढईलाललाई डाँका चोरी मुद्दामा पाँच वर्ष ११ महिना ४ दिन कैद र पाँच हजार दुई सय ८३ जरिवाना तोकेको थियो। त्यसयता फरार रहँदै आएका उनलाई बिहीबार पक्राउ गरिएको डिएसपी डाँगीले बताए।