करोडौं सर्वसाधारणको समस्या बिर्सिएर एउटा राजाको पछाडि लाग्दा नाङ्गिएका दुर्गा प्रसाईं

समयले जसलाई पनि एकचोटि मौका दिन्छ। जसले त्यो समय र मौकालाई ख्याल गर्न सक्छ, त्यो अगाडि बढ्छ। मंसिर ७ गतेअघि दुर्गा प्रसाईंको पक्षमा लाखौं जनता थिए। तर, उनले राजा फर्काउने अडान लिदाँ भएका समर्थनहरु पनि गुमाएका छन्। जनताको आवाज बन्ने बताउँदै आएका प्रसाईं ठ्याक्कै उल्टो गतिमा हिँडे। उनी जनताको आवाज होइन्, राप्रपाको कार्यकर्ता बन्न पुगे।

सर्वसाधारणले राजतन्त्र खोजेका होइनन्, समस्याको समाधान खोजेका हुन् । आम नागरिक व्यवस्थाप्रति खड्किएका होइनन्, व्यवस्था चलाउनेप्रति रुष्ट बनेका हुन् । तर, प्रसाईं राजतन्त्रको झोले बनेर हिँडे । शुरुवातमा उनले उठाएका विषयहरु जायज थियो। बैंक तथा वित्तिय संस्थाले पीडित बनाएको कुरा सत्य हो । यता, उनले मँहगी, बेरोजगारी, भ्रष्टाचारको विरोधमा पनि आवाज उठाउँदै आएका थिए।

त्यसैले, उनको पक्षमा धेरै सर्वसाधारण उभिसकेका थिए । सहकारी पीडित, लघुवित्त पीडित, शेयर पीडित, व्यापार–व्यवसाय पीडितलगायत सबै उनकै पक्षमा थिए । प्रसाईंले आफ्नो आवाज उठाएको भन्दै सर्वसाधारणले उनको समर्थन गरिरहेका थिए । यहाँ लाखौं मानिसहरु बैंक तथा वित्तिय संस्थाबाट पीडित थिए । बैंक तथा वित्तिय संस्थाले खाएको धितो आन्दोलनपछि फिर्ता हुन्छ कि भन्ने आश पीडितहरुमा थियो।

सहकारी पीडितहरु पनि आफ्नो डुबिसकेको बचत फिर्ता पाइन्छ कि भनेर आश गरिरहेका थिए । मंसिर ७ गतेअघि उनको आन्दोलनमा उत्रिन सबै तयार भइसकेका थिए । तर, जब उनले राजतन्त्रको पक्षमा बोले, सर्वसाधारणले खुट्टा पछि हटाए । जति पनि पीडित भएपनि सर्वसाधारण सडकमा आएनन् । जनताले राजा चाहेका रहेछन् भन्ने त स्पष्ट देखिसकेको छ । अब पनि राजतन्त्रको विषयमा बोल्ने हो भने प्रसाईंको हालत के होला ?

२०८४ सालको चुनावमा राप्रपा त खुम्चिने निश्चित नै छ । समय कति शक्तिशाली छ भन्ने उदाहरण केपी शर्मा ओली, महेश बस्नेत, गगन थापा र रवि लामिछाने हुन् । राजनीतिमा केही योगदान नभएका यिनीहरुले समयलाई आफ्नो कब्जामा लिन सिकें । समयअनुसार बोल्न जाने । जसले गर्दा यिनीहरु आज नेता बन्न पुगे । ओली मान्छे मारेको कसूरमा जेल बसेको व्यक्ति।

बस्नेत र थापाको पृष्ठभूमि त सबैलाई थाहा छ, ‘गुण्डा’ । टेलिभिजनमा कार्यक्रम चलाउने पत्रकार लामिछाने आज पार्टीको सभापतिदेखि लिएर सांसद छन् । प्रसाईंले जनताकै पक्षमा आवाज उठाइरहेको भए, उनको आन्दोलन सायदै यति चाँडो तुहिन्थ्यों। उनी राजाको झोले रहेछन् भन्ने सबैले थाहा पाए । उनको आन्दोलनमा सहभागी हुन आएकाहरु पनि यतिबेला धमाधम आफ्नो गाउँ फर्किरहेका छन्।

प्रसाईंबाट केही नहुने रहेछ भन्ने सबैले बुझें। जसका कारण उनको पछाडि अब आम सर्वसाधारण लाग्दैनन्। अझैपनि राजतन्त्रको नारा लगाउने हो भने प्रसाईं पत्तासाफ हुन्छन्। अहिले हरेक घरका एक सदस्य विदेशमा छन्। रोजगारी नभएपछि नेपालीहरु धमाधम विदेशिरहेका रहेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जानेको लर्को छ। तर, सरकारले देख्दैन्।

सरकारको आँखा खोल्न एउटा दरो नेतृत्वको आवश्यकता छ। प्रसाईंले नेतृत्व गर्न खोजेका थिए, तर राजतन्त्रको पछाडि लाग्दा सबै ‘वालुवामा पानी’ भइहाल्यो । प्रसाईंसँग अझैपनि चान्स छ, उनले त्यसलाई कसरी प्रयोग गर्न सक्छन् भन्ने कुरा हो । सहकारी पीडितको पक्षमा आवाज उठाउने, देशको जनशक्तिलाई यही रोजगारीको व्यवस्था मिलाउन माग गर्ने, भ्रष्टाचार र मँहगीको विरोधमा बोल्ने हो भने उनको पक्षमा सर्वसाधारण आउन सक्छन् ।

बैंक तथा वित्तिय संस्थाले मच्चाएको लुटको धन्दाको विरोधमा उनी थप जोडतोडका साथ लाग्न आवश्यक छ । व्यवस्था परिवर्तन गर्न जनताले धेरै संघर्ष गरेका छन् । जनयुद्धमा त्यत्रो नेपाली शहिद भए। बल्लतल्ल ल्याएको व्यवस्थालाई पुनः पुरानैमा बदल्न जनता किन सडकमा आउथें ? यो व्यवस्थाका लागि जनताले लामो समय लडेका छन्। २०५२ साल फागुन १ गते माओवादीले राजतन्त्रको विरोधमा हतियार उठायो।

त्यतिबेला कसैले पनि माओवादीको कुरा पत्याएको थिए। व्यवस्था परिवर्तन होला भनेर कसैले सोचेका थिएनन् । २०५८ साल जेठ १९ गते दरबार हत्याकाण्ड भयो । त्यसपछि राजा ज्ञानेन्द्रले सत्ता सम्हालें। उनले २०६१ साल माघ १९ गते जनताको सम्पूर्ण अधिकार आफ्नो हातमा लिए । दरबार हत्याकाण्ड नभएको भए अहिले पनि राजतन्त्र रहन्थ्यों । राजा ज्ञानेन्द्रले राजनीतिक दलहरुलाई नजरबन्दमा राखेर जनताको अधिकार नलिएको भए, सायदै राजतन्त्र हट्थ्यों ।

त्यतिबेलाका सात राजनीतिक दलका नेताहरु प्रचण्डकहाँ पुगे । २०५२ सालदेखि माओवादीले जनयुद्धका क्रममा आर्मी, प्रहरी, व्यापारी, सरकारी कर्मचारी, पत्रकार, राजनीतिक दलका कार्यकर्ता मारिरहेको थियो । २०५२ सालपछि सरकारमा गएका पार्टीहरुले पनि जनतालाई माओवादीको कार्यकर्ता ठानेर मारिरहेको थियो। जब माओवादी र अन्य पार्टीहरुले समझदारी गरे, त्यसपछि राजा नै ढग्मगाउनुपर्ने भयो ।
माओवादी र सात राजनीतिक दलबीच १२ बुँदे सम्झौता भयो।

त्यसपछि आन्दोलन शुरु भयो । २०६२–६३ को १९ दिने आन्दोलनपछि राजाले जनताको नासो जनतालाई नै फिर्ता गर्नुपर्यो । देशैभरका आम नागरिक सडकमा आएका थिए । सबै राजनीतिक दल एक भएर २०६५ जेठ १५ गते राजालाई दरबारबाट हटाइदिए । राजाले फेरि पनि फर्किन्छु भन्नु कल्पना गर्नु मात्र हो ।

प्रसाईंले व्यवस्था फेर्छु भनेर आन्दोलन गर्नुपनि बेकार हो । प्रसाईंसँग एउटा अवसर थियो, जुन उनले गुमाए । जनताको मन जित्ने र पार्टी खोल्ने अवसरलाई उनले सदुपयोग गर्न सकेनन्। उनले ‘आफ्नो खुट्टामा आफैंले बञ्चरो’ हाने । त्यसैले कतिबेला के बोल्ने भनेर ख्याल राख्न निकै जरुरी छ।

प्रसाईंले राजाको झोला बोक्दा आफ्नो अवसरमा गुमाए । राजनीति परिवर्तन धेरै योगदान गरेकाहरु अहिले पनि पछाडि नै छन्।
समयअनुसार बोल्न सक्ने क्षमता नहुँदा उनीहरुले ठाउँ पाएनन्। ‘बोल्नेको चामल बिक्छ, नबोल्नेको पिठो पनि बिक्दैंन्’ भन्ने उखानै छ। माओवादीले हतियार उठाउँदा जनता त्यसरी पछाडि लाग्दैन्थें होला। जातिय हिसाबमा धेरै हो भने धेरै नै विभेद थियो । गरिबी सबैभन्दा ठूलो समस्या थियो । रोजगारी थिएन्, शिक्षा थिएन् । त्यसैले पनि जनताले माओवादीलाई साथ दिए।

माओवादीले यी विषयलाई आफ्नो एजेण्डा बनायो। राजाको विरोधमा आवाज उठाइयो। सामान्ती, शोषकहरुलाई कालोमोसो लगाउन थालियो। माओवादीले पनि ऋण मिनाहा हुने एजेण्डा बोक्यो। सामान्तीहरुले खाएको जग्गा फिर्ता दिलाउन माओवादी लागिपर्यो। तास खेल्नेलाई तास नै खुवाउन्थ्यों । जाँडरक्सी खानेलाई नाङ्गेझार बनाइन्थ्यों। त्यसैले सर्वसाधारण माओवादीको पछाडि लागे।

प्रसाईं २० लाख रुपैयाँसम्म ऋण भएकाले तिर्न नपर्ने बताउँदै आएका थिए। उनले सरकारसँग पनि ऋण मिनाहाको माग गरिरहेका थिए । यता, कालोमोसो लगाउने अभियान शुरु भयो । सर्वसाधारणले पनि प्रसाईंले केही गर्छ भनेर उनको पछाडि लागे। पहिले जनतालाई प्रसाईंले आफ्नो पक्षमा ल्याए । पछि त एकाएक राजाको पक्षमा बोल्न थालें । उनी पैसामा बिकेको सर्वसाधारणहरुको अनुमान छ।

अन्य राजनीतिक दलले झैं प्रसाईंले पनि सर्वसाधारणलाई धोका दिए । यहाँ सबै जना सस्तो लोकप्रियता कमाउन मात्रै लागिपरेका छन्। कोही पनि जनताको पक्षमा उभिएका छैनन् भनेर बुझ्न जरुरी छ । जनताको समस्या उठाएझैं गर्ने अनि आफू माथि आउने। त्यसपछि भ्रष्टाचार गर्ने, व्यक्तिगत सम्पत्ति जोड्नतिर लाग्ने । करोडौं सर्वसाधारणको समस्या छोडेर एउटा राजाको पछाडि लाग्दा प्रसाईं नाङ्गिए ।