चितवनमा युगिन स्रष्टा कवि भूपिनको ‘भूपिनका कविता’ कृति सार्वजनिकिकरण कार्यक्रम सम्पन्न

 चितवन। अक्षर समूह चितवनको आयोजनामा युगिन स्रष्टा कवि भूपिन खड्काको भूपिनका कविता नामक कविता सङ्ग्रहको सार्वजनिकिकरण, अन्तर्क्रिया एवम् वाचन कार्यक्रम चितवन साहित्य परिषद्को सभाहलमा सम्पन्न भएको छ। उक्त कार्यक्रमको सहजीकरण कवि रमेश प्रभात तथा स्वागत मन्तव्य साहित्यकार डा. ईश्वर कडेलले गर्नु भएको थियो।

उनले कवि भूपिन र कविता विधा पर्यायवाची शब्द जस्तै लाग्ने बताए। कार्यक्रममा भूपिनका कविता कृति प्रमुख अतिथि साहित्यकार रेशम विरही, सभाध्यक्ष उदय अधिकारी, समिक्षक डा. एक नारायण पौडेल, कवि निमेष निखिल, प्रकाशक भूपेन्द्र खड्काले संयुक्त रुपमा विमोचन गरे। उक्त कृतिमा कविका ७९ वटा विभिन्न धारा र रसका कविताहरू समावेश छन्।

कक्षा ९ को नेपाली पाठ्यक्रममा रहेको आमाको तस्वीर कवितादेखि नदीहरू मान्छेजस्ता हुदैनन् , एउटा नोटको जिवनी, खडेरी, ट्रक ड्राइभर, कुरुप कविता, फोहोर जस्ता आधा दर्जन कविता वाचन गर्दा सभाहल नै रोमाञ्चकारी बनेको दृश्य अविष्मरणीय थियो।

युगिन कवि भूपिनले कविताको बारेमा समिक्षा गर्ने जिम्मा पाठकको हातमा थमाएका छन्। उहाँको कविताप्रतिको मोह यति अगाध थियाे कि अमेरिकाको त्यो ग्यालमर्सले समेत आफू सम्मोहित नभएर स्वदेश फर्किएको बताए।

कार्यक्रममा बोल्दै समिक्षक डा एक नारायण पौडेलले कविका कविताहरूमा बिम्ब र प्रतीकको संयोजन राम्रो भएको बताए। कवि निमेष निखिलले कवि भूपिन नेपाली समाजको युग सुहाउँदो कवि भन्दै उनको कवितामा सबै खालका रसहरु हुने बताए।

प्रमुख अतिथि साहित्यकार रेशम विरहीले कविको कृति उत्कृष्ट नमुना भएकोले पाठकको आँखामा सधैं सधैं रहिरहने छ भन्दै आगामी साहित्यिक उज्वल भविष्यको कामना गरे।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै साहित्य संगम चितवनका अध्यक्ष कवि प्रकाश चापागाईं, भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलिया , कवि अनिल श्रेष्ठ , सागर उदास, कवि डाँडा साहित्य समाजका अध्यक्ष एल बि क्षेत्री लगायतले बोलेका थिए।

कार्यक्रममा प्रकाशक भूपेन्द्र खड्काले बोल्दै कवि भूपिन नेपाली समाजको वास्तविक र यथार्थवादी धाराको प्रतिनिधि कवि बताए। प्रकाशन गृहको तर्फबाट कवि भूपिन खड्कालाई पारिश्रमिक सहितको चेक हस्तान्तरण गरेका थिए।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष समिक्षक उदय अधिकारीले सार्वजनिक कृतिले कवि भूपिन खड्कालाई नयाँ उचाईमा लैजाने विश्वास व्यक्त गरे।

चितवन र नवलपरासीका साहित्यिक संघ संस्थाका प्रतिनिधिहरु र युवा पुस्ताको साहित्यकारहरूको उल्लेख्य उपस्थितिमा भूपिनका कविता उत्सव सम्पन्न भएको हो।