सुनचाँदीको मूल्य हालसम्मकै उच्च,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २१ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख २१ हजार रुपैयाँ रहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ५४५ रुपैयाँ रहेको महासंघले जनाएको छ।