एनसेलको शेयर काण्डविरुद्ध अनेरास्ववियुको प्रदर्शन

काठमाडौं। एनसेलको शेयर खरिद–बिक्री काण्डमा व्यापक चलखेल भएको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ।मंगलबार एनसेल कार्यालय अगाडि नेकपा ९एमाले० को विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीहरुले एनसेलको आयव्यय सार्वजनिक गर, एनसेललाई राष्ट्रियकरण गर, विवादास्पद एनसेल शेयर बिक्रीको छानबिन गर, नो ट्याक्स नो सिम, रिजेक्ट एनसेल, माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद, ट्याक्स चिटिङ इज अ क्राइम लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए।

अध्यक्ष समिक बडालले आफ्ना मागहरु पूरा नभए एनसेलका गाडीहरु समेत चल्न नदिने चेतावनी दिएका छन्। एनसेलको ८० प्रतिशत शेयर नेपालबाहिरै बिक्री भएपछि विभिन्न टिकाटिप्पणी र आशंका भइरहेको छ।