नेपाल सुपर लिगमा आज एफसी चितवन र बुटवल लुम्बिनी भिड्दै

काठमाडौं । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज एफसी चितवनले बुटवल लुम्बिनीको सामना गर्ने भएको छ।

यसअघि हिजो भएको खेलमा पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई पराजित गर्दै विजयी भएको थियो। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पोखराले इलामलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो।

पोखराका लागि दोस्रो हाफको सुरुमै सञ्जीव विष्टले गोल गरे। उनले खेलको ४७ औँ मिनेटमा गरेको एक गोल नै पोखराको लागि निर्णायक गोल सावित भयो।