जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

सांकेतिक तस्वीर

झापा । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका(४ बस्ने २२ वर्षीय जसवन्त कुमार गणेश रहेका छन्।

गणेशले ती महिलालाई विर्तामोड नगरपालिका-५ शनिश्चरे रोडस्थित मुन लाईट होटलमा पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।