नेविसंघको कार्यवाहक अध्यक्षमा बज्राचार्य

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उज्ज्वल बज्राचार्यले पाएका छन्।

केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा भारतीय जनता पार्टीको विद्यार्थी संगठनको कार्यक्रममा सहभागी हुन भारत गएपछि बज्राचार्यले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन्।
नेविसंघको केन्द्रीय समिति ७०१ सदस्यीय भए पनि अध्यक्ष बाहेक सबै केन्द्रीय सदस्य मात्रै छन्।

शेर्पा मंसिर २१ गतेदेखि २४ गतेसम्म दिल्लीको इन्द्रप्रस्थ नगरमा आयोजित अखिल भारतीय विद्यार्थी परिषदको ६९ औं राष्ट्रिय सम्मेलनमा सहभागी हुन गएका छन्।

आफू भारत प्रस्थान गर्नुअघि शेर्पाले नेविसंघको विधान २०२७ को सातौं संशोधन २०७५ बमोजिम बज्राचार्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेको पत्र दिएका छन्।