एनसेल प्रकरण: प्रचण्ड,देउवा र ओलीलाइ यथासिघ्र छानबिनको दायरामा ल्याउनुपर्छ: नेता हरिकृष्ण गजुरेल

काठमाडौं। क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हरिकृष्ण गजुरेलले प्रमुख तीन राजनितिक दलका नेतालाइ यथासिघ्र छानबिनको दायरामा ल्याउनु पर्ने बताएका छन्।

एनसेललाइ अविलम्ब राष्ट्रियकरण गरिनुपर्छ र ७२ अर्ब कर नतिर्ने उल्टै नेपाल र नेपालीको साख गिराउने काम गरेको भन्दै सरकार र संसदीय पार्टीका शीर्ष नेताहरु चुपचाप लाग्नुले उनीहरुको पनि संलग्नता रहेको पुष्टि गरेको बताएका छन्।

एजियाटा कम्पनीले टेलिसायोरा कम्पनी सँग १ खर्ब ४३ अर्बमा खरिद गरेको र बर्षेनि ४० अर्बदेखि ६० अर्बसम्म आम्दानी गर्दै आएपनि एजियाटाले अहिले ८० प्रतिशत सेयर ६ अर्ब ६५ करोडमा बिक्री गर्नुले ठुलो आर्थिक चलखेल भइरहेको पुष्टि गरेको छ।

तीन पार्टीका शिर्ष नेताको संरक्षकत्व र संलग्नता बेगर सतिशलाल आचार्यले मात्र यति ठूलो चलखेल गर्न सम्भव नरहेको नेता गजुरेलले बताएका छन्।

एनसेल प्रकरणको सत्य तथ्य पत्तालगाउन प्रधानमन्त्री पुष्पकमल दहाल ,प्रचण्ड ,काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई यथासिघ्र छानबिनको दायरामा ल्याउनु पर्नेमा जोड दिएका छन्।

यस्ताे छ  स्टाट्स

राज्यले एनसेल अविलम्ब कब्जामा लिई राष्ट्रियकरण गर्नुपर्छ। ७२ अर्ब कर नतिर्ने र उल्टै नेपाल र नेपालीको साख गिराउनको लागि मलेसियन एजियटा कम्पनीले अनावश्यक र गलत प्रचार गर्ने काम गर्दै आइरहदाँ समेत सरकार र संसदीय पार्टीका शीर्ष नेताहरु चुपचाप रहनुले उनीहरुको समेत संलग्नता रहेको कुरा प्रष्ट हुन्छ।सन् २०१६ मा एजियाटा कम्पनीले टेलिसायोरा कम्पनी सँग १ खर्ब ४३ अर्बमा खरिद गरेको र बर्सेनि ४० अर्ब देखि ६० अर्ब रुपैयाँ सम्म आम्दानी गर्दै आएको एनसेलको प्रमुख सेयर होल्डर एजियाटाले अहिले आफ्नो पुरै ८० प्रतिशत सेयर ६ अर्ब ६५ करोडमा बिक्री गर्ने कुराले ठुलो आर्थिक चलखेल रहेको कुरा स्वत: पुष्टि हुन्छ।जसमा शिर्ष नेतृत्वको संरक्षकत्व र संलग्नता बेगर केबल नेपाली मुलका सिङ्गापुर निवासी सतिशलाल आचार्यलेमात्र यो गर्न कदापि सम्भव छैन। त्यसकारण एनसेल प्रकरणको सत्य तथ्य पत्तालगाउनको निम्ति प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई यथासिघ्र छानबिनको दायरामा ल्याउनु पर्छ।