नेपाल शैक्षिक परामर्श संघ चितवनको अध्यक्षमा दिपक चन्द्र भट्टराई निर्वाचित

चितवन। नेपाल शैक्षिक परामर्श संघ चितवन शाखाको १२औं साधारणसभा तथा ७ औं अधिवेशन भरतपुरको ग्यालेक्सी गार्डेन रिसोर्टमा सम्पन्न भएको छ।

अधिवेशनले दिपक चन्द्र भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा प्रज्वल पौडेल, सचिव सुजन थापा क्षेत्री , कोषाध्यक्ष लक्ष्मण कँडेल, सदस्यमा मेघराज कडेल, उज्वल आचार्य, सन्तोष लोहनी, डा टंक प्रसाद ओझा चयन भएका छन्।

समुन्द्र अर्यालको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनका प्रमुख अतिथि नेपाल शैक्षिक परामर्श संघका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई, विशिष्ट अतिथिहरु वीरेन्द्र बहुमुखी का पूर्व क्याम्पस प्रमुख एल बि क्षेत्री, नेपाल शैक्षिक परामर्श संघका पूर्व केन्द्रीय अध्यक्ष विष्णुहरि पाण्डे, केन्द्रीय निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, राजेन्द्र बराल, दिपक गुरुङ लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले समग्र चितवन शाखाको साथमा केन्द्र रहने शैक्षिक परामर्श संघका मूल्य मान्यता गरिमा रहेर उत्तरदायित्व बहन गर्न नयाँ समितिलाई बधाई तथा शुभकामना व्यक्त गरे।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एल बि क्षेत्रीले नेपाल शैक्षिक परामर्श संघ चितवनले युवाहरुलाई देशमा काम गर्ने वातावरण तयार गर्नेमा विश्वस्त रहदै कार्यक्रम सफलताको शुभकामना दिए।

कार्यक्रममा अध्यक्षका उप विजेता कृष्ण कडेलले व्यवसायिक संगठन राम्रो बनाउन नयाँ अध्यक्षको समग्र टिमलाई शुभकामना व्यक्त गरे। कार्यक्रममा बोल्दै निर्वाचित कार्यसमितिको अध्यक्ष दिपक चन्द्र भट्टराईले प्रतिबद्धतासहित भावी कार्ययोजना पेश गरे।

उनले आफू सक्षम अभिभावकत्व दिन तयार रहेको र आगामी दिनको लागि काँधमा गहन जिम्मेवारी दिएर विजय बनाउने सम्पूर्णमा हार्दिक आभार प्रकट गरे।