त्रिविको बेथितिविरुद्ध परीक्षा नियन्त्रण कार्यालय अगाडि विद्यार्थीको प्रदर्शन

काठमाडौं। त्रिभुवन विश्व विद्यालयको समग्र सिस्टममा सुधारको माग गर्दै बुधवार प्रदर्शन भएको छ। स्ववियू त्रिभुवन विश्व विद्यालयको अगुवाइमा समग्र सिस्टम सुधा र परीक्षा नियन्त्रण कार्यालयको ढिलासुस्ती अन्त्यको माग गर्दै परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन गरिएको हो।

प्रदर्शनमा सहभागीहरूले परीक्षा उत्तीर्ण गर्न भन्दा प्रमाणपत्र दिन ढिलाइ गर्ने काम भएको गुनासो गरेका थिए।

यस्तै उनीहरूले परीक्षा नियन्त्रण कार्यालयको सुधारमा ध्यान नदिएको, कुलपति तथा प्रधानमन्त्रीले राजनीतिक भागबन्डाबाहेक त्रिविलाई नसम्झिएको, शैक्षिक क्यालेन्डर फलो नगरेकोलगायतको आरोप लगाउँदै नाराबाजी समेत गरेका थिए।

विद्यार्थीहरूले त्रिविमा कैयन बेथिति रहे पनि सुधारमा ध्यान नदिएको गुनासो गर्दै आएका छन्।