नेपाल सुपर लिगमा फाइनल पुग्न ललितपुर र पोखराबिच आज प्रतिस्पर्धा हुने

काठमाडौं । नेपाल सुपर लिगको फाइनल प्रवेशका लागि आज ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबिच भिडन्त हुने भएको छ। त्रिपुरेश्वर स्थित रङ्गशालामा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

प्रतियोगिताको विजेता टिमले फाइनलमा धनगढी एफसीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पेनाल्टी सुटआउटमा पराजित बनेको पोखराले दोस्रो क्वालिफायरको मौका पाएको हो।

ललितपुरले भने इलिमिनेटरमा साविक विजेता काठमाडौँ रेजर्सविरुद्ध ३–० को जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो।