सुदूरपश्चिममा रास्वपाका उपसभापति र महामन्त्रीद्वारा पदबाट राजीनामा

काठमाडौं। सुदूरपश्चिममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति र महामन्त्रीले पदबाट राजीनामा दिएका छन्।

सभापति श्रृष्टी महरा र महामन्त्री भोजराज जोशीले पदबाट राजीनामा दिएको पार्टी सभापति प्रकाश बिष्टले जानकारी दिए।

उनका अनुसार उनीहरू दुवै जनाले प्रदेश कमिटीलाई समय दिन नसक्ने भन्दै राजीनामा दिएका हुन्। यद्यपि दुवै जनाको प्रदेश सदस्य पद भने कायमै रहेको छ।