युवती लिएर होटलमा बस्न गएका पुरुषको १० मिनेट मै गयो ज्यान

सांकेतिक तस्वीर

सिरहा। सिरहाको मिर्चैया बजारस्थित ओखलढुङ्गे गिरी होटलमा महिलासँगै बसेका युवकको मृत्यु भएको छ । सिरहाकै कल्याणपुर नगरपालिका- २ का अन्दाजी ४० वर्षीय मुकेशप्रसाद कर्णको आज मृत्यु भएको हो।

होटलको कोठामा पुगेको केहीबेरमै उनको मृत्यु भएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार कोठामा गएको १० मिनेट नबित्दै महिला रुँदै तल आएपछि होटल सञ्चालकसहितले उद्धार गरी नजिकैको स्वास्थ्य संस्थामा लगिएको थियो। उनको त्यही मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक कर्णसँग होटल पुगेकी महिलाको पहिचान प्रहरीले खुलाएको छैन। महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।

उनले भने, ‘मृतक कर्णको मुख बाङ्गो भएको देखिएको छ। अनुसन्धान गरिरहेका छौं। तर, पोस्टमार्टम रिपोर्ट नआएसम्म मृत्युको कारणबारे केही भन्न सकिँदैन।

घटनाबारे उनको परिवारलाई जानकारी गराएको र आएपछि आवश्यक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि पठाउने डीएसपी बस्नेतले बताए।