आज यी प्रदेशका पहाडी भूभागमा हिमपातको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहने छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशााखाले बताएको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले बताएकोछ।