मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते

नवलपुर । नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

जिल्लाको डेढ गाउँबाट कावासोती तर्फ आउँदै गरेको लु ४६ प २३८१ नम्बरको मोटर साइकल अनियन्त्रित भई छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा बौदिकाली वडा नम्बर ३ का ५५ वर्षीय रन बहादुर मगरको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ। मोटर साइकल चालक सोही ठाउँका ५१ वर्षीय यम बहादुर ठाडा मगर गम्भीर घाइते भएका छन्।

दुर्घटनाबाट घाइते भएका दुबैलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएकोमा मोटरसाइकल पछाडि बस्ने समाइली मगरलाई चिकित्सकले मृत घोषणा गरेको नवलपुर प्रहरीले जनाएको छ।

गम्भीर घाइतेको ठाडा मगरलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन रेफर गरिएको प्रछ।