बाजुराका डिएसपी बोहराले निकाले धम्की पूर्ण विज्ञप्ति: गलत प्रचार गरेको भन्दै कारबाही गर्ने चेचावनी

बाजुरा। जिल्ला प्रहरी कार्यलय बाजुराले पीडितलाइ अझै पीडा दिने उद्देश्यका साथा धम्की पूर्ण प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ। पीडितलाइ डिएसपी कविन्द्र बोहराले न्याय दिनुको सट्टा उल्टै हिरासतमा राखेको भनेर सामाजिक सञ्जालमा प्रचार भएपछि प्रहरीले धम्की पूर्ण विज्ञप्ति निकालेको हो।

भ्रम फैलाउने विरुद्ध कानुनी बाटो रोज्ने भन्दै जिल्ला प्रहरी कार्यलयले घुमारो तरिकामा पीडितलाइ धम्की दिएको बुझिन्छ। कार्यालय बाहिर रहेको समयमा र संलग्न नभएको घटनामा नाम जोडेर सामाजिक सञ्जालमा सार्वजनिक बद्नाम गरेको भन्दै उल्टै पीडितलाइ पीडा हुने गरि विज्ञप्ती सार्वजनिक गरिनु राम्रो भने पक्कै मान्न सकिन।

प्रहरीले विज्ञप्ती बाजी गर्नु भन्दा सत्य तथ्य के हो पत्ता लगाइ पीडितलाइ न्याय दिनु पर्नेमा उल्टै धम्की पूर्ण भाषा प्रयोग गरिनु पीडितलाइ थप पिडा दिनु न्यायोचित भने होइन। प्रहरीलाइ आरोप किन लाग्यो कसले लगायो भन्ने थप अनुसन्धान गर्नुपर्नेमा उल्टै विज्ञप्ति बाजी गरेर बस्नुको कुनै औचित्य देखिदैन।

पीडित महिलाको गुनासो सुन्दा प्रहरीले राजनितिक आडमा पीडित महिलालाइ अझै पीडित बनाएको देखिन्छ। प्रहरीले राजनितिक आडमा पीडितलाइ पीडा दिने होइन न्याय दिएर पीडितको घाउमा मलम पट्टी लगाउनु पर्छ। जिल्ला प्रहरी कार्यलय बाजुराले सत्य तथ्य पत्ता लगाइ दोषीलाइ कानुनी कारबाही गरिनु पर्छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो हेर्दा पीडित महिलाले आफ्ना पीडाहरू स्पष्ट राखेको देखिन्छ। त्यो भिडियो पीडितले न्याय पाएर सार्वजनिक गरिएको त पक्कै होइन होला।

 कार्यालयका तर्फबाट जारी ध्यानाकर्षण पत्रमा कार्यालय प्रमुख समेत रहेका प्रहरी नायव उपरिक्षक कविन्द्र बोहरालाई विदाको समयमा संलग्न नभएको घटनासँग जोडेर बद्नाम गरेको चरित्र हत्या गर्न खोजिएको घटनामा संलग्न र भ्रम सिर्जना गर्ने जो कोहीका विरुद्धमा आवश्यक अनुसन्धान सहीत कानुनी उपचार गरिने उल्लेख गरिएको छ।

त्यस्तै डिएसपी बोहराले पीडित महिलालाई जातीय विभेद गरिएको,मुद्दा दर्ता गर्न नखोजिएको र महिला माथि विभेदपूर्ण भाषा प्रयोग गरिएको आरोप लागेकाे छ।   

त्यस्तै प्रहरीले एक इमान्दार र कर्तव्य निष्ट प्रहरी अधिकृत माथिको प्रहार र बद्नामले सिंगो संगठन माथि नै आरोप र आक्षेप लाग्ने र लगाउने कार्य गरिएको प्रति आपत्ती जनाउँदै प्रहरीले गलत कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याएर कारवाही गरिने बताएको छ।

दलित अधिकार कर्मी भनिएका खगेन्द्र सुनार सहीतका दर्जनौ व्यक्तिहरुले सामाजिक सञ्जालमा अनावश्यक गाली बेइज्जती र बद्नाम गराएको प्रहरी जनाएकाे छ।