सामाजिक सञ्जाल र इन्टरनेटमार्फत १४ करोडभन्दा बढी राजस्व

फाइल तस्वीर

काठमाडौं। नेपालको गैरबासिन्दाले नेपाली उपभोक्ताका लागि विद्युतीय सेवा दिएबापत विभिन्न सामाजिक सञ्जालसँग सम्बन्धित कम्पनी तथा विद्युतीय सेवा कम्पनीले डिजिटल सर्भिस ट्याक्सबापत १ करोड ६१ लाख र करबापत १२ करोड ७७ लाख रुपैयाँ कर बुझाएका छन्।

गुगल, मेटा, एमाजोन, माइक्रोसफ्ट, नेटफ्लिक्स, लिंकडिन, जोहोलगायतले सो कर बुझाएका हुन् । टिकटक गत भदौदेखि ठुला करदाता कार्यालयमा दर्ता भएको भए पनि नेपालमा ब्यान्ड भएकाले सोको भ्याट नउठेको र सो कम्पनीको कर स्थगन अवस्थामा रहेको छ ।

आर्थिक वर्ष २०७९/०८० देखि लागू गरेको विद्युतीय सेवा कर ९डिजिटल सर्भिस ट्याक्स९डीएसटी०बापत गतअसोजसम्ममा १ करोड ६१ लाख रुपैयाँ बुझाएको ठुलो करदाता कार्यालयले जनाएको छ।
ठुलो करदाता कार्यालयका प्रमुख कर प्रशासक जनकराज शर्माका अनुसार हालसम्म नेपालमा विद्युतीय सेवासम्बन्धी कारोबार गर्ने १३ वटा कम्पनीले सो कर तिरेका हुन्। यो समाचार आजको राजधानी दैनिकमा छ।