आज यी स्थानमा विद्युत् आपूर्ति सेवा बन्द हुने

सांकेतिक तस्वीर

काठमाडौं । आज काठमाडौँका यी स्थानमा विद्युत् आपूर्ति सेवा बन्द हुने भएकाे छ। नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै काठमाडौंका केही स्थानमा विद्युत् सेवा अवरुद्ध हुने यसअघि नै जानकारी गराइसकेको छ।

प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय आपूर्ति बन्द गराएर विद्युत लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने भएको हो।