काठमाडौंका यी स्थानमा आउने छैन आज विजुली

सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंका केही स्थानमा आज विद्युत् सेवा आपूर्ति नहुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले यसअघि नै सार्वजनिक सूचना जारी गर्दै काठमाडौँका केही स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी गराइसकेको छ।

प्राधिकरणको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने भएको हो। चपलीघुम्ती चोक र पासीकोट क्षेत्रहरुमा आज विद्युत् सेवा अवरुद्ध हुनेछ। बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।