सहायक वन अधिकृत घुससहित अख्तियारको फन्दामा

नेपालगन्ज । बाँकेको राँझामा रहेको सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत नारायण पार्दे घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई नेपालगञ्जबाट पक्राउ गरेको हो।

पार्देलाई सेवाग्राहीसँग ७ हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। पार्देको साथमा स्रोत नखुलेको ४५ हजार ९७५ रुपैयाँ पनि भेटिएको छ।

पार्देले काठ चिरानको लागि सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरी परेपछि अख्तियार खटिएको थियो।