बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा २० जना घाइते

चितवन। चितवनमा बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा २० जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो।

घाइते सबै बसका यात्रु रहेका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र बसका चालक फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।