कार्यालय नगई सहकारी धाउँछन्,सरकारी कर्मचारीहरु

सरकारी कर्मचारी कार्यालयमा भेटिनुपर्ने हो। उनीहरु जनताको काम लागि हुन्। जनताले तिरेको करबाट कर्मचारीहरुले तलबभत्ता र सेवासुविधा उपभोग गर्छन्। जागिर खाने समयमा पनि जनता र राष्ट्रको हितका लागि काम गर्ने कसम खाएका हुन्छन्।

तर, पछिल्लो समय कर्मचारीहरु आफ्नो कामप्रति जिम्मेवार देखिन्न। अहिले सरकारी विद्यालयमा शिक्षकशिक्षिका भेटिदैंनन्। कुनै सरकारी कार्यालय,विभाग, मन्त्रालयमा जाँदा पनि कर्मचारीहरुको कुर्सी खाली देखिन्छ। कर्मचारीहरु कता गए त ? यसबारे सर्वसाधारण अन्यौलमा पर्छन्।

कार्यालय नगई कर्मचारीहरु आफ्नो पार्टीको कार्यक्रममा जान्छन्। घरजग्गा र सेयर दलाली काम गर्न पुग्छन्। अर्को, हिजो भ्रष्टाचार वा गैरकानूनी रुपमा कमाएर सहकारीमा जम्मा गरेको रकम डुबेपछि सहकारी धाइरहेका छन् । कतिपय कर्मचारीले त व्यापारव्यवसाय पनि सञ्चालन गरेका छन्।

अनि उनीहरु कार्यालय जादैंनन्। र, आफ्नो पसलमा व्यापार गरेर बस्छन्। सरकारी सेवामा नियुक्त भएदेखि सेवा गरेको अवधिको गणना गरिन्छ। सरकार कर्मचारीलाई महिना मर्नेबित्तिकै तलब वा पेन्सन उपलब्ध गराउँछ। पछिल्लो समय अधिंकाश कर्मचारी दलाली छन्। कोही घरजग्गा, गाडी र सेयर दलाली छन् त कोही मिटरब्याजमा पैसा लगाउँछन्।

जागिर एकातिर गर्ने अनि काम चाहिँ अर्कोतिर गर्छन्, कर्मचारीहरु । यसले गर्दा न त जनताले छिटोछरितो रुपमा सेवा पाएका छन् न त राज्यको ढुकुटीमा राजस्व गइरहेको छ। कानूनअनुसार कर्जाको दश प्रतिशतभन्दा बढी ब्याज लिन पाइदैंन। तर, अहिले कर्मचारीहरुले मिटरब्याजमा पैसा लगाइरहेको सुनिन्छ।

एक लाख कर्जा दिएर मासिक दश हजारदेखि तीस हजारसम्म ब्याज लिइरहेका छन्, कर्मचारीहरु। सरकारी सेवामा तल्लो तहमा कार्यरत कर्मचारीको समेत तीन–चार वटा घर भेटिन्छ। बैंकमा लाखौं रकम रहेको पाइन्छ। अन्य क्षेत्रमा पनि थुप्रै लगानी गरिएको पाइन्छ । सरकारले बहालवाला वा पूर्वकर्मचारीको सम्पत्ति छानबिन गरे सबै भ्रष्टाचारमा तानिनेछन्।

यस्ता भ्रष्टाचारी कर्मचारी भने समाजमा ठाडो शिर लगाएर हिड्ँछन् । सुकिलामुकिला भएर हिडँछन्। जनताले यीनीहरुको सामु आफ्नो शिर निहुप्याउनुपर्छ। सर्वसाधारण ठगेर अर्बपति बनेका विनोद चौधरीका भाई उद्योगपति अरुण चौधरी सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा समातिए। त्यस्तै, भाटभटेनीका साहु मिनबहादुर गुरुङ पनि सरकारी जग्गा हिनामिना प्रकरणमै समातिए।

तापनि, उनीहरुलाई केही लाज छैन। अझै ठूल्ठूलो भाषण गर्दै हिँड्छन्। अनि उद्योगी, व्यापारीहरुलाई त केही लाज हुदैंन भने घुसिया कर्मचारीलाई के को लाज ? सर्वसाधारण बजार जानुअघि आफ्नो महिनाभरिको खर्च हेर्छन्। अत्यावश्यक बाहेकका सामान उनीहरु किन्दैनन्। सामान पनि जतातिर सस्तो छ, त्यतैतिर किन्छन्।

तर, कर्मचारीहरु दिनहुँजसो बजार जान्छन्। र, सरकारी गाडीभरि सामान हालेर घर लैजान्छन्। अर्कोतर्फ, सार्वजनिक बिदा वा हरेक शनिबार उनीहरुको घरमा भोज हुन्छ। सार्वजनिक बिदाको दिन समेत सरकारी गाडी बाटोमा गुडिरहेको देखिन्छ । कर्मचारीहरु आफ्नो व्यक्तिगत कामको लागि पनि सरकारी गाडी नै प्रयोग गर्छन्।

यस वर्ष पनि नेपाल विश्वमा भ्रष्टाचारको सूचीमा परेको छ । अनि यो भ्रष्टाचार कसले गप्यो ? कसरी गरियो त ? पक्कै पनि कर्मचारीहरुले नै गरेका हुन् । बैंकमा दश लाखभन्दा बढी रकम राख्दा आम्दानीको स्रोत देखाउनुपर्छ । तर, सहकारीमा एउटै व्यक्तिले करोडौं राख्दा समेत आम्दानीको स्रोत देखाउनुपर्दैन।

अहिले धेरै कर्मचारीको पैसा सहकारीमा फसेको छ। भ्रष्टाचार गरेर कमाएको अकुंत सम्पत्ति कर्मचारीहरुले आम्दानीको स्रोत देखाउनुपर्दैन भनेपछि सहकारीमा राखेका थिए। सहकारी भागेपछि वा रकम फिर्ता नगरेपछि अहिले कर्मचारीहरु कार्यालय जानुको साटो सहकारी धाउँछन्।

कानूनमा कर्मचारीहरुले घरजग्गा,गाडी र सेयर दलाली काम गर्न पाउँदैनन्। न त मिटरब्याजमा कर्जा लगाउन पाउँछन्। यद्यपि, कर्मचारीहरुले कानून नै लत्याउँदै घरजग्गा,गाडी र सेयर दलाली गर्नुका साथै मिटरब्याजमा समेत पैसा लगाइरहेका छन्। उद्योग, वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल बाग्लुङका हुन्।

उनी गरिब परिवारमा जन्मिएका हुन् । काठमाडौं आई सरकारी÷सार्वजनिक जग्गा दर्ता गर्दै बेच्दा उनी अहिले अर्बपति वा उद्योगी बनेको बताइन्छ। सरकारले उनको सम्पत्ति छानबिन गरेर यसबारे छलंग हुनेछ। पछिल्लो समय राज्यको सम्पत्ति दोहन गरेर नै मानिसहरु धनी बनेका छन्।

सरकारले यसबारे छानबिन गरे धेरै कर्मचारी जेलमा हुनेछन्। त्यस्तै, आफुलाई उद्योगपति भन्नेहरु पनि जेलकै चिसो भुँइमा जानेछन्।
आफुलाई जोगाउन कर्मचारी तथा व्यापारीहरुले राजनीतिक दल तथा नेताहरुमाथि दोष थुपारेका छन्।

होलान् दुई÷चार जा नेताहरुले पनि भ्रष्टाचार गरे । तर, अधिंकाशले आफ्नो पुर्खोली सम्पत्ति सिधाएर राजनीति गरेका छन्। बगलेले खसी जति रोएपछि काट्छ। किनकि ऊ व्यापारी हो। त्यो खसी नकाटे व्यापार हुदैंन।

त्यसरी नै कर्मचारी र व्यापारीहरुलाई आफ्नो स्वार्थ मात्र पूरा गर्न पाए पुग्छ। उनीहरुलाई देशको माया छैन। कहाँबाट र कसरी घुस खान पाइन्छ ? भनेर मात्र कर्मचारीहरु सोच्छन्। त्यस्तै, व्यापारीहरु जनतालाई कसरी ठग्ने र राज्यलाई कसरी छल्ने ? भनेर सोचिरहेका हुन्छन्।

सरकारले कर्मचारीको जतिसुकै तलबभत्ता र सेवासुविधा बढाएपनि उसले भ्रष्टाचार गर्न छोड्दैन। व्यापारी जतिसुकै धनी भएपनि उसले सर्वसाधारण र राज्यलाई ठग्न छोड्दैंन । किनकि ठगेर त ऊ धनी भएको हो। अर्बपति बनेको हो। केही वर्षयता घरजग्गा, गाडी र सेयरको क्रेज हवात्तै बढ्यो।

राजनीतिक दलका नेतादेखि सरकारी कर्मचारी, व्यापारी र आम सर्वसाधारण सबैले छिट्टै फाइदा कमाउने लोभ वा आशमा घरजग्गा, गाडी र सेयरमा लगानी गरे। तीन वर्षअघि मानिसहरु आफ्नो जग्गाको आनाकै लाखदेखि करोड आउने बताउँथे । आफ्नो सेयर कित्ताकै ३२ सय वा ४५ सयमा बिक्री भएको भन्थे।

गाडीको पनि मूल्य बढ्यो भन्थे। त्यतिखेर पाँच हजार आना नपर्ने जग्गा लाखदेखि करोड पुप्याउने दलाली हो भनेर सर्वसाधारणलाई थाहा थिएन। बैंकले सय रुपैयाँमा निष्काशन गरेको सेयर पनि ३२ सय पुप्याउने दलाली नै हुन् भनेर उनीहरुलाई थाहा थिएन।

उता भारतमा एक लाखमा पाइने गाडी नेपालमा दलालीहरु २५ लाखमा बेचिरहेकोबारे पनि सर्वसाधारण अन्जान नै थिए। तर, जब सञ्चारकर्मीहरुले सर्वसाधारणको आँखा खुलाइदिए, तब जनतालाई भ्रममा पारेर ठग्दै आएका दलालहरुको भागाभाग नै चल्यो ।

तीन वर्षअघि कसलाई थाहा थियो र सहकारी भाग्छ भनेर । अहिले सबै सहकारी भागेका छन् । नभागेकाले पनि बचतकर्ताको निक्षेप फिर्ता गरेका छैनन्। सहकारीमा करोडौं बचतकर्ताको खर्बो रकम डुबेको छ । तीन वर्षअघिसम्म काठमाडौं उपत्यकामा कोठा, सटर र फ्रल्याट पाइँदैन्थ्यो।

महंगो शुल्क तिरेर दलालीमार्फत कोठा, सटर र फ्रल्याट खोज्नुपथ्र्यो । तर, अहिले उपत्यकामा खाली कोठा, सटर र फ्रल्याट छ्यापछ्याप्ती भेटिन्छन्। अहिले भनिन्छ कि अब बैंक पनि डुब्छ । सरकारले देशै धितो राखेर विदेशीसँग २७ खर्ब ऋण लिइसकेको छ।

बुढोपाकाले भन्थे कि भविष्यबारे कसैलाई केही थाहा हुन्न। त्यसरी नै सरकारले देशै धितो राखेर लिएको विदेशी ऋणले भोलि विश्वमा नेपाल रहन्छ कि रहँदैन ? भनेर अन्यौल छ। हाम्रो समाजमा चर्चित उखान छ, ‘चोक्टा खान गएकी बुढी झोलामै डुबेर मरी।

कर्मचारीलाई सरकारले पुग्ने तलब र सेवासुविधा दिएको छ। यतिले मात्र नपुगेर कर्मचारीहरुले घुस पनि खाए। तर, ब्याजको प्रलोभनमा त्यो रकम सहकारीमा राख्दा आज कर्मचारीहरु पनि डुबेका छन्। अर्कोतर्फ, सस्तो ब्याजमा कर्जा निकालेर बढी ब्याज आउने भन्दै सहकारीमा समेत त्यो रकम राखे।

अहिले सहकारी भागेपछि त्यो रकम पनि डुबेको छ। यसले कर्मचारीहरु ऋण कसरी तिर्ने ? भनेर चिन्तित छन्। कर्मचारीहरु लोभी हुँदा देश त डुब्यो नै आफु पनि बिग्रिए।