नेप्से परिसूचक घट्यो,कारोबार रकम भने बढ्यो

काठमाडौं। साताको पहिलो दिनको कारोबार आज (आइतबार) नेप्से परिसूचक १०.५० अंकले घटेको छ।

यसदिन नेप्से ०.५० प्रतिशतले घटेर २०८५.८२ बिन्दुमा बन्द भएको छ।

आइतबारको बजारमा ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४७२ रूपैयाँको सेयर कारोबार भएको छ।

गत कारोबार दिन अर्थात् बिहीबार ३ अर्ब २१ करोड २२ लाख ८३ हजार ४५३ रूपैयाँको सेयर कारोबार भएको थियो।

बिहीबारको तुलनामा आज कारोबार रकम ८७ करोड रूपैयाँ बढी हो।

यस दिन ३०५ वटा धितोपत्रको १ करोड ५ लाख ७१ हजार १९९ कित्ता सेयर किनबेच भएको हो।

आइतबार ९१ कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ वटाको घटेको छ। यस्तै, ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन समाज लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य एक हजार १५ रूपैयाँ ५० पैसा कायम भएको छ।

ल्अभिि
यस्तै, कुथेली बुखरी हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार रूपैयाँ ८० पैसा पुगेको छ।

एनआइसी एशिया ग्रोथ फण्ड–२ को मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। उक्त योजनाको मूल्य ९ रूपैयाँ कायम भएको छ।

यस्तै, युनिलिभर नेपालको सेयरमूल्य ७.१४ प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयरमूल्य ३८ हजार ३५० रूपैयाँ कायम भएको छ।

आइतबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ६९४ रूपैयाँमा ६२ करोड ४७ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ०.८६ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६०७ रूपैयाँमा १२ करोड ४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ३ समूहको परिसूचक बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको छ।

यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक २.८८ प्रतिशतले घटेको छ।