डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले मूल्य बृद्धि गर्ने निर्णय गरेको हो ।

निगमका अनुसार डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ। भारतीय आयल कर्पोरेसनबाट प्रतिलिटर १.५६ रुपैयाँले मूल्य बढेर आएपनि निमगले प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको हो।

निगमका अनुसार हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य यथावत छ । निगमका अनुसार बढेको मूल्य शुक्रबार आजदेखि लागू हुनेछ।